काठमाडौं । आज बिहीबार १२ सय १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२सय १७ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ३१ हजार ६०१ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १६ सय ६३ जना पुगेको छ।
तपाईंको प्रतिकृया




