काठमाडौं । माछापुच्छ्रे बैंकले एकैदिन देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.-१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.-०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्धभूमि न.पा.-०९, बिजगौरी, कन्चनपुर बेलौरी न. पा.-०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गा.पा.-०६, हुटी र जिल्ला कै मलिकार्जुन गा.पा.-०६, उकुमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईंको प्रतिकृया




