आज मंगलबार थप १३ सय ८२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  मंगलबार थप १३ सय ८२  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय ८२  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट २३  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख २९ हजार ५४ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १६ सय ३७ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री