काठमाडौं । कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप आएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको एप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेका हुन् ।
कोरोना भाइरस महामारीका बेला घरमै बसेर सुरक्षित तरिकाले सिकाइलाई निरन्तरता दिने उद्धेश्यले एप ल्याइएको केन्द्रले जनाएको छ ।
एपमा विद्यार्थीको सिकाइ सहज बनाउने उद्देश्यसहित स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटिएका छन् ।
तपाईंको प्रतिकृया




