काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएलगतै बैंकको शाखा सञ्जाल ११५ पुगेको छ ।
ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु सञ्चालनमा ल्याई ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गदै आएको छ ।
अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध बैंकले आग्रह गरेको छ ।
तपाईंको प्रतिकृया




