काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने भएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै कलाकार गजुरेलले आफू दोस्रो बिहे गर्न लागेको खुलासा गरेका हुन् ।
‘चाँडै नै सबैको शुभकामना, सल्लाह अनुसार मैले कोही साथी जीवनमा जोड्दैछु । हामी जोडिदै छौं ।’ गजुरेलले एपीवान टेलिभिजनसँगको कार्यक्रममा भने । उनले को सँग बिहे गर्न लागेको चाँही खुलाएनन् । यो गजुरेलको दोश्रो विवाह हुनेछ ।
उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो । तर प्रेम विवाह गरेको २२ वर्षपछि अर्थात २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो ।
तपाईंको प्रतिकृया




