सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा, अब पैसा झिक्न चेक तथा डेविट कार्ड नचाहिने !

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट सेञ्चुरी पे मोबाइल एप्सबाट क्यूअर स्क्यान गरी नगद झिक्न/निकाल्न सकिने छ ।

हाल उक्त सेवा केन्द्रीय कार्यालय काठमाडौंको लागि मात्र लागु हुने बैंकले जनाएको छ । छिट्टै यो सुविधा काठमाण्डौं उपत्यकालगायत अन्य शाखाहरुमा पनि गर्ने बैंकले जनाएको छ ।

यो सेवाबाट बैंकका ग्राहकले १ दिनमा १ लाख रुपैंयासम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री