काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन -३ को डिजिटल अडिसन सुरु भएको छ ।
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो गायन रियालटी शोको डिजिटल मार्फत शनिबारबाट अडिसन सुरु भएको हो ।
डिजिटल अडिसनमा सहभागीहरुले ‘भ्वाइस अफ नेपाल’को एप्लिकेसनमार्फत् गीत गाएको भिडियो पठाउनु पर्ने छ ।
रेकर्ड गरेर पठाएको भ्वाइस राम्रो भएमा ब्लाइन्ड अडिसनको लागि बोलाइनेछ ।
यसमा १६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले भाग लिन पाउने छन् ।
तपाईंको प्रतिकृया




