आज बुधबार थप १४ सय ९० जनामा कोरोना पुष्टि

काठमाडौं । आज बुधबार थप  १४ सय ९०  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  १४ सय ९०  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख १८  हजार  १६१ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १५ सय ३८ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री