राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाबीच सहकार्य

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरे ।

उक्त सम्झौतामा पूर्व गृह र उर्जा तथा जलस्रोत मन्त्री तथा संघीय संसदका सांसद माननीय जर्नादन शर्माको उपस्थित पनि रहेको थियो ।

सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समुह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ ।

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस