काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘भिजा कन्ट्याकलेस कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ।
यो भिजा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित प्रविधि हो। जसमा प्रत्यक्ष स्पर्श नगरीकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ।
महालक्ष्मी विकास बैंक Visa Contactless कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो ।
यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ।
प्रतिकृया दिनुहॊस