एनआईसी एशियामा मोबाइल बैंकिङ्गबाटै मुद्दती खाता खोल्न सकिने

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA Mo Bank) मार्फत आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ ।

बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबैंक एपमा रहेको फिक्स्ड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन् ।

यस बैंकमा कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सकिने छ भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सकिने छ ।

मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।

बैंकले ल्याएका यो सुविधा अन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहकहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्नेछन् ।

बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा  एनआईसी एशिया मोबैंकमार्फत थालनी गरिएको यस सुविधाबाट ग्राहकहरूले अझ सहज रुपमा मुद्दती खाता खोल्न सक्नेछन् ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस