बेलायतले दियो फाइजरको कोरोना खोपलाई अनुमति

कोरोनाविरुद्धको भ्याक्सिन फाइजरको प्रयोग गर्न बेलायतले अनुमति प्रदान गरेको छ। योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ।

बेलायतको  औषधि नियमनकारी निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले फाइजरको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको  बिबिसीले समाचार प्रकाशन गरेको छ।

बेलायतले  उच्च जोखिममा रहेका समुहहरूलाई खोप दिने काम केही दिनमा सुरू गर्ने भएको छ । बेलायत सरकारले  खोपको ४ करोड डोज अर्डर गरेको छ।

फाइइजरले तत्कालै एक करोड डोज भ्याक्सिन बेलायतलाई प्रदान गर्ने तयारी गरिएको समेत जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस