उच्च रक्तस्रावले आमा र बच्चाको मृत्यु

काठमाडौं । उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका-४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।

सुत्केरी व्यथा लागेकी महिलाको अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो ।

सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उनको सोमबार राति ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि निज सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको बताइएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘द पोएट आइडल’ को उपाधि सिक्किमका राईलाई

काठमाडाैं । सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन २’को उपाधि जित्दै १० लाख …

प्रतिकृया दिनुहॊस