काठमाडौं ।आज बुधबार १ हजार ९४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९४८ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने आज २८ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ७ हजार ९९८ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ३८९ जना पुगेको छ।
तपाईंको प्रतिकृया



