काठमाडाैं । एनएमबी बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई-एप मार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ ।
फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि बैंकले उक्त सेवा ल्याएकाे बैंकले जनाएको छ ।ग्राहकहरुले २४ अै घण्टा सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ ।
बचत खाता एनएमबीको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रूपैयाँसम्म हुने व्यवस्था गरिएको छ ।
ग्राहकले पहिलो पटकको कारोबारमा ई-एनएमबी एपको माध्यमबाट ५ सय रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै, साेहि बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेशा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराईएको छ ।
डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ ।
बैंकले आफ्ना मूल्यवान ग्राहकलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महशुस गर्न २४ अै घण्टा बचत खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याएको हो ।



