कोरोना संक्रमणबाट पोखरामा थप ३ जनाको मृत्यु

काठमाडौं । पोखराका  विभिन्न  अस्पतालमा उपचाररत   थप ३  जना कोरोना संक्रमितको  मृत्यु  भएको छ ।

पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एक  गरी ३ जना  कोरोना संक्रमितको मृत्यु भएको हो ।

ण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका-‍१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो ।

त्यसै गरी,फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको पनि बिहीबार बिहान मृत्यु भएको  हो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप