बाबुराम भन्छन्- ओली सरकारको ‘दुष्कर्म’ र ‘अकर्म’बारे संसदमा छलफल गरौं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको कामको विषयमा जनताको चासो रहेकाले संसद अधिवेशन बोलाएर छलफल गर्न माग गरेका छन् ।  उनले सरकारको ‘दुष्कर्म’र ‘अकर्म’प्रति आम नागरिकको चासो भएकाले संसद अधिवेशन बोलाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद आन्तरिक रुपमा छिनोफानो हुने भए पनि केपी ओली नेतृत्वको सरकारले गरेका कामको गम्भीर चासो आम-जनता र प्रतिपक्षी दलमासमेत भएकाले संसद अधिवेशन बोलाएर छलफल गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा गम्भीर रुपमा छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।  सामाजिक सञ्जालमा सक्रिय बाबुरामले ट्वीट गर्दै यस्तो माग गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री