काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको कामको विषयमा जनताको चासो रहेकाले संसद अधिवेशन बोलाएर छलफल गर्न माग गरेका छन् । उनले सरकारको ‘दुष्कर्म’र ‘अकर्म’प्रति आम नागरिकको चासो भएकाले संसद अधिवेशन बोलाउनुपर्नेमा जोड दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद आन्तरिक रुपमा छिनोफानो हुने भए पनि केपी ओली नेतृत्वको सरकारले गरेका कामको गम्भीर चासो आम-जनता र प्रतिपक्षी दलमासमेत भएकाले संसद अधिवेशन बोलाएर छलफल गर्नुपर्ने बताएका हुन् ।
भट्टराईले कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा गम्भीर रुपमा छलफल गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा सक्रिय बाबुरामले ट्वीट गर्दै यस्तो माग गरेका हुन् ।
नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला;उसैले छिनोफानो गरोस्!तर@kpsharmaoli सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने कि:१.कोरोना२.अर्थतन्त्र३.संघीयता४.भ्रष्टाचार५.विदेश सम्बन्ध६.अन्य!
— Baburam Bhattarai (@brb1954) November 7, 2020



