कैलालीमा कोरोनाले थप दुई संक्रमितको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार थप एक महिला र एक पुरुषको कोरोनाले मृत्यु भएको हो । टीकापुर नगरपालिका १ का ४९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका ४ की ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

टीकापुर नगरपालिकाका पुरुषको घरमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसूदन न्यौपानेका अनुसार काठमाडौंमा कोरोना परीक्षणपछि उनी टीकापुर आएका थिए । उनी बोन क्यान्सरको उपचार गराइरहेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री