धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान-१२ की ७८ वर्षीया वृद्धा छन् । उनीहरूको
उपचारको क्रममा मृत्यु भएको हो ।
१२ गते कार्तिकमा कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।
यसैगरी धरानकी ७८ वर्षीया वृद्धाको बुधबार राति ११ बजे मृत्यु भएको थियो ।
तपाईंको प्रतिकृया



