बुटवल । गुल्मीका एकजना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नंं. -६ का ८५ वर्षीय पुरुष छन् ।
ती पुरूषकोकोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । उनमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मंगलबार साँझ साढे ७ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




