ललितपुर प्रहरीको ‘एक्सन’ : अपहरित बालकको साढे दुई घण्टामा उद्दार

ललितपुर । ललितपुर प्रहरीले अपहरणमा परेको बालकको तत्कालै उद्दार गरेको छ । अपहरणमा परेका एक बालकको साढे दुई घण्टामा उद्दार गरिएको हो ।

ललितपुरको इमाडोलबाट सोमबार साँझ साढे ७ बजे आठ वर्षीय बालक अनोख साहको अपहरण भएको थियो । बालक हराएको जानकारी पाउनासाथ प्रहरी परिचालन भयो । प्रहरीको सक्रियताले सोमबारै राति १०ः२० बजे ललितपुरकै हरिसिद्धिबाट बालकको उद्दार भएको छ ।

महानगरीय प्रहरी ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले इमाडोलबाट अपहरणमा परेका बालक साहको हरिसिद्धबाट उद्दार भएको जानकारी दिए । उनका अनुसार, बालकलाई सकुशल उद्दार गरिएको छ ।

बालकको साथबाट अपहरणमा संलग्न रहेको अभियोगमा प्रहरीले सर्लाही घर भएका राजु कार्कीसहित तीजनालाई नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप