असईसँगै गस्ती गएका प्रहरी जवान साउँद पनि मोहना नदीमा मृत भेटिए

धनगढी । वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको शव नदीमा भेटिएको बताए । उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए  ।

अहिले घटना स्थल मुचुल्का बनाउने काम भइरहेकाले शव नदीबाट निकालिएको छैन् । गत शनिबार प्रहरी सहायक निरिक्षक बिकसँगै प्रज साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।

विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन् । उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री