बीपी प्रतिष्ठानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

धरान ।   धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  बुधबार  बिहान ४ बजे इटहरी-६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी -१० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक  महिला असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् भने ३७ वर्षीय युवकलाई मङ्गलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

युवकलाई असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री