काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद (कर सहित) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले ८८ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३१ करोड ६८ लाख ४९ करोड ६८०रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
तपाईंको प्रतिकृया




