धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुधबार बिहान ४ बजे इटहरी-६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी -१० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक महिला असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् भने ३७ वर्षीय युवकलाई मङ्गलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
युवकलाई असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
तपाईंको प्रतिकृया




