महालक्ष्मी विकास बैंकका ऋणीले ब्याजमा १० प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) का कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले व्याज रकममा १०% छुट असोज मसान्तभर प्रदान गर्ने छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

आउदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, तिहार तथा छठको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री