पोखरा । गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको संख्या ४ हजार २ सय ६४ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिनेमा कास्कीका ६ जना , स्याङजाका १ जना ,तनहुँका २ जना, नवलपरासी ब.सु.पूका ११ जान र गोरखाका १ जना रहेका छन् ।

तपाईंको प्रतिकृया




