काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलबार विद्यार्थीले रड प्रहार गरेका छन् ।
रड प्रहारबाट चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्रिविका प्रवक्ता सूर्य अधिकारीले चलाउनेमाथि कुटपिट भएको जानकारी पाएको बताएका छन् ।
विश्वविद्यालय परिसर कीर्तिपुरमा नै उनीमाथि कुटपिट भएको हो । प्राध्यापक चलाउनेमाथि मोटरसाइकलमा आएका समूहले कीर्तिपुरमा आक्रमण गरेको थियो । चलाउने समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक हुन् ।
तपाईंको प्रतिकृया




