मोरङ। टेम्पोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मोरङ सुनवर्सी-२ स्थितमा बस्ने २० बर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
आइतबार साझँ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्री सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा मोटरसाईकल चालक खत्वे गम्भिर घाईते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




