ग्लोबल आइएमई द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समुहद्धारा आयोजना गरीएको राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ ।

ग्लोबल आइएमई द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४को लागि मुख्य प्रायोजन गर्ने संस्था ग्लोबल आइएमई बैंकका प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी र आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त विच सम्झौतापत्रमा हस्ताक्षर पछि फाइल आदन प्रदान गर्दै । साथमा आयोजक कमिटका सदस्य दिपक केसी र बैंकको तर्फवाट रेमीट्यान्स प्रमुख रविन्द्र ढकाल ।

 

उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने भएको छ ।

औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डवाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार सहित ट्रफी र सम्मानपत्रले सम्मानीत गरिनेछ ।

उक्त अवार्ड लगायत अन्य १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लवको हलमा यहि बैशाख १३ गते  विषेश कार्यक्रम गरि वितरण गरने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री