नेपाली धागो उद्योगहरुको १५ अर्ब रुपियाँ लगानी यस क्षेत्रमा रहेको छ । विदेशबाट कच्चा पदार्थ आयात गरी स्वदेशमा धागो उत्पादनका साथै करिब १० हजार जनालाई रोजगारी दिँदै आएको छ भने यी उद्योगहरुको ‘भ्यालु एडिशन’ कम्तिमा पनि ५० प्रतिशत रहेको छ ।
तर, खुल्ला सीमाका कारण चोरीछिपी आउने धागोका कारण नेपाली उद्योगहरु संकटमा परेको छ । संघले अवैधरुपमा आयात हुँदै आएको धागोलाई निरुत्साहित गर्न भन्सार विन्दुमा कडाई गरी न्यून बिजकीकरणलाई निरुत्साहित गर्न माग गर्दै राजश्व सचिवको ध्यानाकर्षणसमेत गराइएको छ ।
विगत तीन वर्षको तथ्याङ्कलाई केलाउँदा स्वदेशमा धागो बिक्रीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६९।७० भन्दा २०७०।७१ मा करिव ९.५० प्रतिशत तथा २०७१।७२ मा २९ प्रतिशत घट्दो क्रममा रहेको छ । जुन निराशाजनक स्थिति हो ।
विदेशमा धागो ठुलो परिमाणमा उत्पादन हुने भई लागत कम पर्न जाने र आयातित धागोसँग प्रतिस्पर्धा गर्न कठिन अवस्था रहेको छ । हाल भारतीय बजारबाट ठूलो परिमाणमा धागो नेपालमा ‘डम्पिङ’ भइरहेको स्थितिलाई सरकारले तत्कालिन रोकी स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति लिनु जरुरी छ ।
धागो उद्योगको अहिलेको समस्याः
१. भन्सार मल्याङ्कन न्युन विजकिकरणः
नेपालमा कपडा उद्योगको विकास नै धागो उद्योगको विकास हो । अतः कपडा उद्योग, होजियरी तथा निटिङ्घ उद्योगको विकास जरुरी रहेको छ । अहिले चीनबाट समेत विभिन्न किसिमका कपडा नेपालमा आयात भईरहेका छन । तर, भन्सार नाका केरुङ्गबाट सामान जाँचपास गर्दा प्रति किलो एक अमेरिकी डलरमा समेत मुल्याङ्कन कायम गरि सामानहरु छुटिरहेको छ ।
एचएस कोड नं. ५८००, ५९००, ६०००
आयात २०७१।७२ २०७२।७३ २०७३।७४
कपडा २८,७३६,३९९ किलो ३१,९३९,३७५ किलो ४२,५८४,७१७ किलो
(सेन्थिटिक टेक्सटायल– रेडिमेडबाहेक)
२. गलत विवरण पेश गरि सामान आयात भइरहेकोः
हाल स्वदेशमा कटन धागोबाट सामान उत्पादन गर्ने कारखाना एकदम कम छन । तर भारत तथा अन्य देशबाट गलत हार्मोनिक कोड डिक्ल्यरेशन गरि भन्सारबाट धागो आयात भईरहेको छ । कटन यार्नमा भन्सार एक प्रतिशत मात्रै तथा भ्याट छुट छ भने सिन्थेटिक धागो आयातमा पाँच प्रतिशत रहेको छ । यसैको फाईदा उठाई कटन यार्नको नाममा सेन्थिटिक यार्न आयात भईरहेको छ
कटन यार्न एचएस कोर्डः ५२०५, ५२०६, ५२०७
आयात ः सन् २०१५ मा ४,७१,५७० किलो । सन् २०१६ मा १२,२८,६६० किलो । सन् २०१७ मा १,०८,४८,७१६ किलो
जबकी नेपालमा हाल कटन धागोबाट कपडा उत्पादन गर्ने कारखाना थप भएको छैन भने प्रतिवर्ष धागोको आयात बढदै गएको उपरोक्त तथ्यबाट स्पष्ट रहेको छ । यसबाट स्पष्ट हुन्छ कि रङ डिक्ल्यिरेशनबाट धागो आयात भईरहेको छ ।
३. हाल विदेशबाट तयारी सिन्थेटिक धागो अयात गर्दाको अवस्थामा भन्सार दरबन्दी पाँच प्रतिशत कायम रहेको छ । भन्सार दरबन्दीको न्युन फरकले गर्दा स्वदेशी धागो भन्दा विदेशी धागोको प्रयोग धेरै भैरहेको र आयात बढदो रहेको ।
सिन्थेटिक यार्न एचएस कोडः ५५०८, ५५०९, ५५१०, ५५११
आयात
सन् २०१५ मा ९,४७,९८९ किलो । सन् २०१७ मा १०,८५,१६२ किलो । सन् २०१८ मा १०,८३,१४५ किलो
भन्सार महशुलः ५ प्रतिशत
बजार व्यवस्थाः
हाल स्वदेशमा रहेका धागो उद्योगहरुले आफ्नो औद्योगिक क्षमताको पूर्णरुपमा उपभोग गरि उत्पादन गर्न सकिरहेका छैनन । विदेशमा बजार खोजी उत्पादनको ८० प्रतिशत धागो निर्यात गरिरहेका छन । तर स्वदेशमा विदेशबाट मुख्यत चीन र भारतबाट आयात हुने कम लागतको धागो तथा न्युन विजकीकरण तथा चोरी निकासीले गर्दा स्वदेशी धागो प्रतिस्पर्धा गर्न नसकी स्वदेशी बजारमा अपेक्षाकृत उपभोग हुन नसकेको अनुसन्धान तथा निरीक्षणबाट देखिएकोे छ ।
अपेक्षाः
- न्युन विजिकरण लाई रोक्नु पर्ने प्रथमत अनिवार्य छ ।
- सामानको तौल, परिमाण तथा बस्तु नै Wrong declaration गरि आयात हुने कुनै पनि
सामान धागो, कपडा तथा रेडिमेड गार्मेन्ट लाई तत्कालै हटाउनु पर्ने ।
- स्वदेशमा स्थापित अन्य ठुला किसिमका उद्योग जसको Value Addition १० देखि ३० प्रतिशत मात्र रहेको छ उक्त उद्योगहरुलाई ३०।४० प्रतिशत सम्मको आयातमा protection ( तयारी सामान आयात गर्दा ) पाए सरहै ५०।६० प्रतिशत सम्म Value Addition गर्ने यस धागो उद्योगहरुलाई कम्तीमा पनि आयातमा (तयारी सामान) १५ प्रतिशत को protection हुनुपर्ने माग रहेको छ ।
- विदेशबाट Synthetic धागो तथा Cotton धागो आयात गर्दा भन्सार महशुल कम्तिमा पनि १५ प्रतिशत तथा मू.अ.कर समान रहनु पर्ने । तर कार्पेट तथा सुति कपडा उत्पादन गर्ने उद्योगले कच्चा पदार्थ आयात गरि सामान उत्पादन भएकोमा भन्सार महशुल तथा मू.अ.कर हालैको व्यवस्था अनुसार कायम गरिनु पर्ने ।
- सुती कपडा निम्न वर्गका ब्यक्तिले प्रयोग गर्ने धारणा भई यसमा सरकारले भन्सार महशुल तथा अन्य कर छुट दिंदै आएको छ । तर हालको अवस्थामा अन्तर्राष्ट्रिय वजारमा सिन्थेटिक भन्दा सुती कपडा अत्यन्तै महगो र उच्च वर्गले प्रयोग गर्ने हुंदा सुती कपडा आयातमा
- अन्य रेशाका कपडा बाट वनेको सरह भन्सार तथा अन्य कर कायम हुनु पर्ने
तर कात्रोको तथा धार्मिक तथा सांस्कृतीक कार्यको रुपमा प्रयोग हुन आयात हुने सेतो तथा अन्य कोरा कपडा आयात गर्दा भन्सार तथा मू.अ.कर पुर्ण रुपमा छुट हुनुपर्ने । - विदेशबाट आयात हुने कपडा तथा धागोमाAnti Dumping र Safe Guard Duty तुरुन्तै लागु हुनु पर्ने ।
नेपाल बाट तेश्रो मुलुकमा निर्यात हुने धागोहरुमा नेपाल सरकार बाट हाल दिई आएको नगद प्रोत्साहन लाई वृद्वि गरी ५% पु¥याएको खण्डमा उद्योगको निर्यात व्यापार वृद्वि भई १० अर्व भन्दा बढी निर्यात गर्न सक्नेछ । साथै भारत निकासी गर्दा समेत उपरोक्त किसिमको सुविधा पाउदा निर्या वढने यस संघको अपेक्षा रहेको छ । - स्वदेशि कपडा उद्योगले मू.अ.कर मा दर्ता भएका करदाता वा सरकारी निकायलाई आफ्नो उत्पादन विक्री गरेमा हालको व्यवस्था अनुसार उठाएको मू.अ.करमा ७० प्रतिशत फिर्ता दिने ब्यवस्था रहेको छ ।
तर स्वदेशमा उत्पादित धागोहरु मात्र प्रयोग गरि उत्पादन गरेको कपडा, होजियरी कपडा, निटिङ्ग कपडा लगायत विभिन्न तयारी कपडा उत्पादन गर्दा कच्चा पदार्थ स्वदेशी धागोमा तिरेको मू.अ.कर फिर्ता गर्ने व्यवस्था भएमा हालसम्म करको दायरामा नआएका साना तथा ठुला निटिङ्ग, होजियरी, कपडा सम्पुर्ण उद्योगहरु कर ( मू.अ.कर ) को दायरामा आई सरकारको राजस्वमा समेत बृद्धि हुनेछ भन्ने यस संघले विश्वाश लिएको छ । - नेपालमा उत्पादित धागोहरु स्थलमार्ग फूलवारी वङ्गलावन्ध मार्ग भई बङ्गलादेश निर्यात गर्ने अनुमती पाएको खण्डमा
नेपालबाट ५ देखि १० अर्व रुपैयाँको धागो निर्यात हुन सक्ने । पूर्ण क्षमतामा उद्योग सञ्चालन हुने । विदेशि मुद्राको
आर्जन हुने । रोजगारी सृजना । ब्यापार घाटा कम हुन सघाउ पुग्ने ।
यसै गरी नेपालको धागो अन्य राष्ट्रमा निर्यात गर्ने सन्दर्भमा बंगलादेश निर्यात गर्न स्थलमार्ग फुलबारी बंगला बोर्डर खुलाई पाउनको लागि नेपाल सरकार समक्ष नेपाल धागो उत्पादक संघले अनुरोध गर्दै आइरहेकोमा सो बारेमा हाल आशातित कार्य भैरहेको समेत सरकारी पक्षले जनाएको छ ।




