भारतमा कोरोनाबाट एकैदिन ११ सय ३२ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ३२ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८३ हजार १९८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ८९४ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५१ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५१ लाख १८ हजार २५४ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ४० लाख २५ हजार ८० जना ठिक भएका छन् । त्यस्तै १० लाख ९ हजार ९७६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ५ लाख ६५ हजार ७२८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ३६ हजार ६१३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गर्‍यो ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम (फोटो फिचरसहित)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेको छ …

प्रतिकृया दिनुहॊस