सुन र चाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । विहिबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सयले घटेर प्रतितोला ९६ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ९७ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार १०० मा कारोबार भइरहेको छ ।

त्यसैगरी विहिबार चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री