मेरो स्वास्थ्य बारे चिन्ता नगर्नु होला, दुई-तीन दिनमा डिस्चार्ज हुन्छु : डा. शशांक कोइराला

काठमाडौँ । कोरोना संक्रमित नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार आएको छ । चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका महामन्त्री कोइरालाले आफ्नो सचिवालयमार्फत भिडियो संदेश जारी गर्दै आफु स्वास्थ्य हुदै गएको सन्देश दिएका छन् ।

शशांकले भनेका छन् – ‘ म कोभिड-१९ बाट प्रभावित भएकोले अहिले ओम नर्सिङ अस्पतालमा आइसोलेसनमा रहेको छु । तपाईहरुले चिन्ता गर्नुपर्दैन, म २-३ दिन अस्पतालमा बसेर डिस्चार्ज हुन्छु ।’

कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको आइसियुमा राखेर उपचार भइरहेको छ ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि पछि उनी होम आइसोलेसनमै रहेका थिए ।

https://www.facebook.com/Drshahankkoiralasecretariat/videos/648333805812452/

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री