काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भेरी अञ्चल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
बैंकले ७२ शैयाको कोभिड अस्पताल बनाउन र कोभिडका लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्ने उद्देश्यले उक्त अस्पताललाई सो सहयोग गरेको हो ।
उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जका कलस्टर प्रमुख जयन्द्र खडकाले भेरी अञ्चल अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई चेक हस्तान्त्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
तपाईंको प्रतिकृया



