चट्याङले लागेर १ को मृत्यु

सुनसरी ।  सुनसरीमा  चट्याङले लागेर १ को मृत्यु भएको छ । मृत्यु हुनेमा  सुनसरी देवानगंज-२ बस्ने ३० बर्षीय सन्त कुमार मेहेता रहेका छन् ।
शनिबार  अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले  लागेर बेहोस भएका उनलाई उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ  ।
तपाईंको प्रतिकृया

लेखकबाट थप