देशभर आज थप १ हजार २२८ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बिहीबार थप १ हजार २२८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहीबार १ हजार २२८  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २५७  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २४ हजार २ सय ७  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप