काठमाडौं । आज बिहीबार थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहीबार १ हजार २२८ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २५७ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २४ हजार २ सय ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया



