डम्मर बम
आफूलाई माया गर्ने मान्छे दुःख पर्दा आफ्नो साथ हुन्छ, भने मृत्यूसँग पनि लड्न सकिन्छ भन्ने उदाहरण बनेकी अहिले धनगढी कैलालीकी विद्या देउवा (खड्का) । उनी क्यान्सरसँग लड्दै गरेको एक बर्ष भयो । तर दिनरात नभनी उनका प्रेमी जोसँग उनले विवाह गरिन डेविट खड्काले २४ घण्टा सेवा गरिरहेका छन् । डेविट फुटबलका राष्ट्रिय खेलाडी हुन ।
डेविटसँगको विद्याको सम्पर्क १३ वर्ष भयो, ८ बर्ष उनिहरु रिलेसिपमा बसे र अहिले विहेको ५ वर्ष भई सकेको छ । “मेरो जीवनमा डेविट खड्काको आगमन देखि नै खुसियाली छाएको छ ।” विद्या भन्छिन “आफुभन्दा बढी माया गर्ने श्रीमान पाएको छु, एउटा नारीलाई यो भन्दा ठूलो कुरा अरु के हुन सक्छ ।” शुरुदेखी अहिले राम्रो साथ र सहयोग पाएको छु म भागयमानी नै हो । मेरो हेरचाहामा समयमा दिएकोले नै उनकै साथले मैले जिउन सिकेको छु ।
आफुभन्दा बढी माया गर्ने श्रीमान पाएको छु, एउटा नारीलाई यो भन्दा ठूलो कुरा अरु के हुन सक्छ ।” शुरुदेखी अहिले राम्रो साथ र सहयोग पाएको छु म भागयमानी नै हो । मेरो हेरचाहामा समयमा दिएकोले नै उनकै साथले मैले जिउन सिकेको छु ।
मनमा राम्रो नर्स सपना बोकेकी विद्याको जिवनमा एउटा रिपार्टले सबै सपना तहसनहस गर्यो । कम्मर लागेको सामान्य चोटको रिपार्टले क्यान्सरको संकेत देखायो । नवजिवन नसिङ्ग कलेजमा पिसिएल नसिङ्गको पढाइसँग सगै विद्या नवजिवन अस्पातल धनगढीमा तीन महिने डीउटी गरी रहेकी थिईन । एक दिन अचानक कम्मरमा चोट लाग्यो असह्य पीडा भएपछि उनले नवजीवन अस्पालमै एक्सरे गरिन । हार्डजोर्नी डाक्टरले एक्से रिपार्ट हेरी हड्डीमा चोट नलागेको र मसलमा चोट हुन सक्छ, भन्दै तातोपानीले सेक्ने सल्लाह दियो ।
एक दुई हप्तासम्म चोट लागेको ठाउँमा सेक्दापनि दुखाइ कम नभएपछि उनि माया मेट्रो अस्पतालमा हार्डजोर्नी डाक्टरलाई देखाईन । त्यहाँ नि डाक्टरले पेन किलरको औषधी खान र तातोपानीले सेक्ने सल्लाहा दिए । एक दुई हप्तासम्म सेक्ने काम गर्दापनि दुखाई १९ को विष नभएपछि फेरी माया मेट्रोमा हार्डजोर्नी डाक्टरले यूएसजी गर्न लगाए । रिपोर्टमा रगत जमेको जस्तो देखियो र डाक्टरले विरामी एकिन गर्न एमआरआई गर्न सल्लाह दिए ।
एमआरआई गर्न कैलाली गर्न सम्भब नभएपछि डेविटसँग विद्या कोहलपुर गईन । तीन दिनपछि कोहलपुरबाट एमआरआई रिपार्ट लिएर उनिहरु धनगढी माया मेट्रोमा आए । त्यहाँ डाक्टरले रिपार्टमा नराम्रो आएकोे जानकारी गराए । रिपार्ट अनुसार सर्जरी गर्नुपर्ने अवस्था आएको छ, आफुले यस्तो सर्जिरी आफुले नगरेको । म रिक्स लिदैन काठमाण्डौ क्यान्सर सम्बन्धी डाक्टर छन्, त्यहीजानु पर्छ त्यहाँको डाक्टरले सुझाए ।
मैलेपनि हिम्मत गर्नुपर्छ, बाँच्नु पर्छ, मेरो छोरीको लागि, श्रीमानको लागि, परिवार र समाजका लागि, मैले हरेस खानु हुदैन, भन्ने आँट आयो ।
डाक्टरको सल्लाहा बमोजिम धनगढीबाट उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा उनिहरु गए । ट्रमा सेन्टरमा डाक्टरले दष्यउकथ गर्न लगायो । काठमाण्डौ ट्रमा गरिएको रिपार्टले मात्र थाहा भयो उनलार्ई त चौथो चरणको क्यान्सर भएको रहेको छ । आन्द्राबाट क्यान्सर संक्रमण फैलिएर हड्डी पाठेमाघर सम्ममा पुगेको रहेछ । डाक्टरले प्र्रामरी ठाउँ पत्ता लागेको छैन्, सेकेण्डरी भने पत्ता लाग्यो, आन्द्रा कुनठाउँमा क्यान्सर हो पत्ता लगाउनु पर्छ भने । “डाक्टरले आन्द्रामा क्यान्सर भन्ने वित्तिकै तनाब बढ्यो, बाँच्ने खेल्ने रहरहरु सबै एकैछिनमा विलिन भए ।” विद्या भन्छिन “म एउटा कसैकी छोरी, बुहारी, श्रीमती र आमा हुँ, हाँस खेलको परिवारमा वज्र नै पर्यो ।
सबैजना रिपोर्टले छाँगाबाट खसे जस्तै भए । एकछिन सबै तिर सन्नाटा छायो । चारैतिर अध्याँरोमात्र देखिन थाले । जमिन हल्लिन थालेको, भासिएको जस्तो भयो ।” सबैले धैर्यताका साथ एकछिन आफुलाई सम्हाले र थप उपचारका लागि सोच्न थाले । परिवारका सदस्य डाक्टर भएका कारण राम्रो अस्पाताल खोजीको सल्लाहा गर्न थाले । क्यान्सर सम्बन्धी राम्रो अस्पताल दिल्लीको राजिवगान्धी क्यान्सर अस्पताल एकदमै राम्रो हो, तेही उपचार गर्नु पर्छ परिवारको सल्लाहा भयो । हामी उपचारका लागि तीन दिनमा हामी त्यहाँ गयाँै विद्या भन्छिन त्यहाँ एक महिना सबै रिपार्ट तयार गर्न लाग्यो ।
विहे भएको पाँच बर्ष भयो, चार बर्षकोे छोरी छे । परिवार र श्रीमानको सहयोग राम्रो थियो । नसिङ्ग पढ्दै थिए । धेरै सपना थिए, रहरहरु थिए । त्यसका बीच आफुलाई चौथो चरणको क्यान्सर भएपछि एकमहिना त डिप्रेसनमा नै गए । जब राजीबगान्धी उपचार गर्दा त्यहाँ त धेरै क्यान्सर पीडित देखे सानासाना बालबालिका, यूवा, बृद्धबृद्धा अनि मलाई लाग्यो यो बिरामी मलाई मात्र होइन रहेन छ । धेरैजना यसबाट पीडित रहेछन् । मैलेपनि हिम्मत गर्नुपर्छ, बाँच्नु पर्छ, मेरो छोरीको लागि, श्रीमानको लागि, परिवार र समाजका लागि, मैले हरेस खानु हुदैन, भन्ने आँट आयो । रिपार्टमा क्यान्सरभन्दा त्यो कुनै पाप गरेकालाई मात्र लाग्छ भन्ने सुनेको थिए र सोच मैलेपनि जीवनमा धेरै पाप गरेको रहेछु, तर होइन रहेछ । ती भर्खर जन्मिनिएका बच्चाले के पाप गरे होलान र खै तीनलाई क्यान्सर भयो, अनि सोचे यो त कुनै पापले गर्दा होइन रहेछ ।
डेविटले भन्ने गर्छन, मेरो सबै थोक तिमि हौ, पैशाको चिन्ता नगर सम्पत्ति पछिपनि कमाउला तर मलाई तिमि चाहिन्छ । कुनै हालत म तिमिलाई केही हुन दिदैन, उनको यस्ता हौसला र मायाले मलाई बाँच्ने थप उर्जा दिन्छ ।

नवजीवन अस्पातालमा काम गर्दा नै धेरै साथिभाईले मलाई क्यान्सर भएको थाहा पाएका थिए । कतिपयले दिल्लीमा उपचार गर्दा थाहा पाएर कल गरेका थिए । कतिलाई रिप्लाई दिन पाए कतिपयलाई पाएन । सबैको जानकारीको लागि मैले फेसबुकमा आफु क्यान्सर भएको राखेको थिए । फेसबुक हेरेर धेरै दुखी भए मैले साथिभाई तथा शुभचिन्तकहरुलाई दुखी नहुन भने हासेर खुसी भएको भिडियो अपलोड गर्दै गरे । छ महिनादेखी राजीबगान्धीमा उपचार भयो जहाँ १२ वटा किमोे र ५ वटा रेडिसन दिइयो । त्यहाँ उपचार सकिएपछि ६ महिनासम्म ओरल किमो खानुस, त्यसपछि कुनै समस्या नआएपछि सर्जरी गर्ने र तीनतीन महिनामा फ्लोअपका लागि अस्पतालमा आउन भनेको थियो । तीन महिना ओरल किमो लिई रहेको थिए । दिल्ली जाने समयमा लकडाउन शुरु भयो । दिल्ली जान सकिएन अनि नेपालमै नेपाल क्यान्सर अस्पताल हरिसिद्धिको र राजीबगान्धी अस्पालको डाक्टर बीच कुराकानी भयो । दिल्ली डाक्टरका अनुसार १२ वटा किमो चढाउनुपर्ने विषयमा कुरा भयो । हरिसिद्धिमा ६ वटा किमो चढाएको र ६ वटा अझै चढाउन वाँकी नै छ, जम्मा २४ वटा किमो चढाउनु पर्ने हो ।
क्यान्सर लागि सकेपछि उपचारका लागि धेरै खर्च लाग्ने रहेछ । हालसम्म नेपाल र भारतमा गरी ५० लाखसम्म खर्च लागको छ । अझै कतिखर्च लाग्छ थाहा छैन् । नेपालमा एक लाखसम्म विपन्न परिवारलाई भनेर उपचार खर्च दिने रहेछ । “जुन हात्ति मुखमा जिरा सरह मात्र हो ।” मेरो केसमा तीन चरणमा किमो दिनुपर्ने भयो । शुरुमा दिइएको १२ वटा फस्ट लाईन, तेसपछि ओरल किमो सेकेण्ड लाईन र अन्तिममा दिईने किमो थर्ड लाईन भनिन्छ । मेरो सेकेण्ड किमोले काम नगरेका कारण पाठेघरमा समस्या देखिएपछि किमो थप गरिएको हो ।
अहिले म थर्ड लाईन किमो लिई रहेको छु । कतिपय मैले देखेको छु, क्यान्सर पीडित महिलाले परिवारबाट व्यहोरेको अपहेलना । उनको परिवारले उनीप्रति गरेको व्यवहार देखेर दुःख लाग्छ । जति बेला परिवारको माया, हौसाला र साथ नपाए एउटा मानब भएको के अर्थ ? तर मलाई मेरो सासु, ससुरा, देवर, नन्द सबैले सहयोग गरिरहेका छन् । डेविटले भन्ने गर्छन, मेरो सबै थोक तिमि हौ, पैशाको चिन्ता नगर सम्पत्ति पछिपनि कमाउला तर मलाई तिमि चाहिन्छ । कुनै हालत म तिमिलाई केही हुन दिदैन, उनको यस्ता हौसला र मायाले मलाई बाँच्ने थप उर्जा दिन्छ ।
मलाई दुर्लभ किसीमको क्यान्सर भएपनि आत्मविश्वासका कारण अझै बाँच्छु लागेको छ । निको हुन्छु, भन्ने विश्वास छ । त्यसैले स्वास्थ्य र पोषिलो खाना र नियमित व्यायामले आफुलाइ बलियो बनाउँछु । आफुलाई सधै तनाब भन्दा टाढा राख्छु ।

एक नसिङ्गको विद्यार्थी भएकोले क्यान्सरका वारेमा पढेको थिए, अरुलाई लागेको वारे जानकारी थियो । क्यान्सर भनेको लास्ट स्टेज जस्तो लागेको थियो । क्यान्सर लागेपछि मरिन्छ, कि भन्ने लागेको थियो । क्यान्सर हुनु भनेको मृत्यूको नजिक पुग्नु सोचेको सुनेको थिए । धेरैले मलाई पनि सोधेका थिए, डाक्टरले के भन्छ ? कहिलेसम्म बाँचिन्छ, केही भने की ? तेसो होईन रहेछ, क्यान्सरका धेरै प्रकार र धेरै स्टेज हुन्छन् । मलाई दुर्लभ किसीमको क्यान्सर भएपनि आत्मविश्वासका कारण अझै बाँच्छु लागेको छ । निको हुन्छु, भन्ने विश्वास छ । त्यसैले स्वास्थ्य र पोषिलो खाना र नियमित व्यायामले आफुलाइ बलियो बनाउँछु । आफुलाई सधै तनाब भन्दा टाढा राख्छु ।
हामीले एकदमै गल्ति के गर्छौ भने हामीमा नकारात्मक कुराले बढी स्थान पाउँछ । हामी हाम्रो शरिरको ख्याल गर्दैनौ । समयमा खाना खाने, शरिरको आरामलाई ध्यान दिदैनौ रोगको कारण एउटा त्यो पनि हो । सकारात्मक कुरा ध्यान दिनुस, समयमा खाना खानुस, नियमित व्यायामलाई ख्याल गर्नुस, नियमित स्वास्थ्य चेकजाँच गर्नुस र बर्ष एक पटक शरिर स्कान गर्नुस । जसबाट आफुमा भएको रोगवारे जानकारी मिलोस । अहिलेको वातावरण लगायतका विभिन्न कारण धेरै प्रकार रोगको सिकार मान्छे हुदैछन् । क्यान्सरका बिरामी बढ्दैछन् । सबैले यसतर्फ सचेत हुनु पर्छ ।






