दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरा खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
सडक भन्दा माथिको डाँडाबाट सुख्खा पहिरा खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरा हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
“सुख्खा पहिराले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने ।
तपाईंको प्रतिकृया




