चितवन । कोरोना भाइरस संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।
उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।
अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । तीमध्ये ३ जनाको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको कलेजका निर्देशक डा. लम्सालले जानकारी दिए ।
चितवनमा अहिलेसम्म कोरोनाबाट ७ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये चितवन जिल्लाका तीन जना, मकवानपुरका तीन जना र कैलालीका एक जना छन् ।
तपाईंको प्रतिकृया




