काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा २७०,ललितपुरमा ६६ र भक्तपुरमा ४१जनामा देखिएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ भने मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ ।
त्यसैगरि, कोरोना संक्रमितमध्ये २ हजार ७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया



