काठमाडौं उपत्यकामा थप २३२ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा १९९,ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा देखिएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना  पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ६४  जना पुगेको छ ।

त्यसैगरि, कोरोना संक्रमितमध्ये १९ हजार १ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री