कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सख्या १ लाख ८० हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख  ८० हजार ६  सय ४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५८ लाख ७८ हजार १ सय ४६  जना छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ४ सय ३०  जनाको मृत्यु भएको छ भने ३२ हजार ७ सय १८ जना संक्रमित भएका छन् ।

भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप