काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङ्गको बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो ।
प्रतिकृया दिनुहॊस