माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक. र नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनबीच कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतामा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बार एशोसिएशनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका छन्।

नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् ।

सम्झौता पछि नेपाल बार एशोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री