काठमाडौं । आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन मनाईंदैछ।
हिन्दु धर्मशास्त्र अनुसार वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । आजको दिन कुश घरभित्र राख्दा घर पवित्र हुने धार्मिक विश्वास छ ।
आज पितालाई सम्मान गर्ने दिन पनि हो । यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
बाबु नहुनेहरुले पितृको तृप्ति एवं कल्याणको कामना गरी काठमाडौंको उत्तरपट्टि रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई सम्झनास्वरुप श्राद्ध, तर्पण आदि गर्ने चलन छ।
प्रतिकृया दिनुहॊस