काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ७३ हजार ७ सय १६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५६ लाख १२ हजार २७ जना छन् ।
कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ८९ जनाको मृत्यु भएको छ भने ४० हजार ६ सय१२ जना संक्रमित भएका छन् ।
भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
तपाईंको प्रतिकृया




